नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन फेरि सारियो
नेपालखोज
२०७८ पुष २१ गते १२:००

काठमाडौं । नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन फेरि सरेको छ । आज निर्वाचन समितिले विज्ञप्ति जारी गर्दै जिल्ला कार्यसमितिको अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन माघ १५ गते गर्ने उल्लेख गरेको छ ।
विवादका कारण १४ औं महाधिवेशनअघि हुन नसकेका जिल्ला अधिवेशन पुष २७ गते गर्ने निर्वाचन समितिको तयारी थियो । समितिले माघ १२ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनको कारणले मिति सारिएको उल्लेख गरेको छ ।
अधिवेशन गर्न बाँकी जिल्लाहरुमा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुर रहेका छन् ।
सम्बन्धित

प्रतिक्रिया