एमाले जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनोट

नेपालखोज २०७८ पुष २१ गते १२:२९

बैतडी । नेकपा (एमाले) को आठौं जिल्ला अधिवेशनका लागि जिल्लाका सबै वडाबाट प्रतिनिधि छनोट गरिएका छन् । यही पुस २३ गतेदेखि पाटनमा हुने जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनोट सम्पन्न हुन् । एक सय संगठित सदस्य बराबर एक महिलासहित तीन जना प्रतिनिधि छनोट हुने प्रावधान छ ।

यसैगरी दलित सङ्गठित सदस्यबाट एक सय बराबर एक महिलासहित तीन जना प्रतिनिधि छनोट हुने प्रावधान छ । सोहीअनुसार ५०९ प्रतिनिधि छनोट गरिएका एमाले केन्द्रीय सदस्य तथा जिल्ला सह–इञ्चार्ज लीलाधर भट्टले जानकारी दिए । यसैबीच प्रतिनिधि छनोटसँगै अधिवेशनको सरगर्मी बढेको छ ।

आगामी नेतृत्वका लागि नेता आन्तरिक तयारीमा जुटिरहेका छन् भने अधिवेशन सफल पार्नका लागि अन्य तयारीसमेत तीव्र पारिएको जनाएको छ । अधिवेशनबाट नेतृत्व लिनका लागि नेताले तयारी थालिसकेका छन् ।

जिल्ला अध्यक्षका रुपमा हाल नेतृत्व सम्हालिरहेका सुरेन्द्र पाल र पञ्चेश्वर गाउँपालिकाका अध्यक्षले नेतृत्वमा दाबी गरिरहेका छन् । यता जिल्ला सह इञ्चार्ज भट्टले भने नेतृत्वका लागि जति जनाले दाबी गरिरहेका भए पनि सर्वसम्मतिबाटै नयाँ नेतृत्व चयन हुने बताए ।

उनले भने, ‘अधिकतम प्रयास सर्वसम्मतको हुन्छ, सहमति हुननसकेका भने, लोकतान्त्रिक विधिमार्फत निर्वाचनमा जान्छौं समूहगत रुपमा उम्मेदवारी हुदैन । स्वतन्त्र रुपमा मापदण्ड पुगेकोले दिन पाउँछ ।’ बैतडीमा हाल एमालेका नौ हजार ३२९ सङ्गठित सदस्य रहेका बताइएको छ ।

प्रतिक्रिया