‘देउवा सरकारले देशलाई अशान्त बनायो’- महासचिव पोखरेल

नेपालखोज २०७८ पुष २१ गते १२:४४

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले देशलाई शान्त बनाउन खेलेको बताएका छन् । आज सामाजि सन्जालमार्फत उनले अशान्त नेपाललाई तत्कालीन प्रधानमन्त्री ओलीले शान्त बनाएको दाबी गरे ।

उनले ओलीको प्रशंसा गरे भने वर्तमान सरकारको विरोध गरेका छन् । महासचिव पोखरेलले पाँच दल मिलेर बनाएको सरकारले देशलाई अशान्त बनाएको आरोप लगाए । उनले हाल प्रधानमन्त्री शेरबहादुर देउवाले नेतृत्व गरिरहेको सरकारले अशान्ततर्फ देशलाई धकेल्ने बताए ।

प्रतिक्रिया