‘कृषि, जलविद्युत् र पर्यटन क्षेत्रमा लगानी गर्नुस्’ (भिडियोसहित)

नेपालखोज २०७८ पुष २१ गते १६:४१

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले नेपालको कृषि, जलविद्युत् र पर्यटन क्षेत्रमा लगानी गर्न गैरआवासीय नेपालीहरुलाई आग्रह गरेका छन् ।

पूर्वराष्ट्रपति यादवले नेपालको भूवनावट नै कृषि, जलविद्युत् र पर्यटन क्षेत्रको विकासका लागि अनुकूल रहेको उल्लेख गर्दै सोही क्षेत्रमा लगानी गरेर सहज ढंगले प्रतिफल लिन गैरआवासीय नेपालीहरुलाई अनुरोध गरेका हुन् ।

आज आइडिया फर नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले नेपालको स्रोत आधारअनुसारको क्षेत्रमा लगानी गर्दा उपयुक्त हुने बताए ।

पूर्वराष्ट्रपति यादवले नेपालको प्रकृतिमैत्री क्षेत्रमा लगानी गरेर नेपालीहरुलाई स्वदेशमै रोजगार बनाउन सहयोग गरिरहेको भन्दै आइडिया फर नेपालको पनि प्रशंशा गरे । त्यस अवसरमा पूर्वराष्ट्रपति यादवले प्रकृतिमैत्री क्षेत्रमा लगानी गर्दा वातावरणमा समेत प्रतिकूल असर नपर्ने बताएका छन् ।

प्रतिक्रिया