‘सरकार ! कि हामीलाई नागरिकता देऊ, कि त मारिदेऊ’

नेपालखोज २०७८ पुष २१ गते १७:५५

काठमाडौं । जन्मसिद्ध र एकल आमाका सन्तानहरुलाई नागरिकता दिन माग गरिएको छ । आज रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर जन्मसिद्ध र एकल महिलाका सन्तानलाई नागरिकताको समस्या परेको ई. इन्द्रजित साफीले बताए । उनले सरकारसगँ नागरिताको माग पनि गरेका छन् ।

साफीले पुस २५ गतेदेखि आफ्नो अधिकार र पहिचानको लागि राष्ट्रिय स्तरको आन्दोलन गर्ने पनि बताए । उनीहरुको अन्तिम नारा,‘आफ्नो बुवा आमाले नागरिकता पाइसके, कि त हामीलाई मारीदिनुहोस् कि त नागरिकता दिनुहोस् । होइन भने हामी कुन देशका नागरिक हो उतै पठाइदिनुहोस् ।’ रहेको छ । आमाको नामबाट नागरिकता नपाउदा उनीहरुले सरकारसँग गुनासो गरेको छन् । हालसम्म ६ लाख ८० हजार भन्दा बढि युवाहरुले नागरिकता नपाएको साफीले बताए ।

विभिन्न कामका लागि नागरिकता आवश्यकता परेको र उनीहरु नागरिकता नभएको कारण समस्यामा परेको उनले बताए । एकल आमाका सन्तानहरुलाई नागरिकता दिन माग गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी र गृहमन्त्री बालकृष्ण खाँडलाई ज्ञापनपत्र बुझाएको बताए । साफीले ईन्जिनियरीङ्ग अध्ययन सकेर पनि सेवा तथा सुविधाबाट बन्चित भएकोमा गुनासो गरे ।

२५ गतेदेखि संसद भवन घेराउ, मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालय घेराउ तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास घेराउ गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए । उनले नागरिकता पीडित एकजुट भएर आन्दोदन गर्ने सरकारलाई चेतावनी दिए ।

प्रतिक्रिया