प्रधानमन्त्री देउवाले मन्त्री र सचिवहरुलाई भने- जनताको समस्या समाधान गर्नु
नेपालखोज
२०७८ पुष २१ गते १७:२१

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री र सचिवहरुसँग छलफल गरेका छन् । उनले आज सिंहदरबारमा सरकारको साझा न्यूनतम कार्यक्रमको कार्यान्वयन, विकास र सुशासनका सम्बन्धमा छलफल गरेका हुन् ।
देउवाले समयमै काम नहुने समस्याको समाधान गर्न आग्रह गरे । काम राम्रो नहुने प्रवृत्ति अन्त्य गर्न समेत देउवाले आग्रह गरेका छन् । उनले जनतालाई सेवा र सुविधा दिन चाल्नुपर्ने सबैखालका कदम चाल्न आग्रह गरे । सेवाग्राहीले छिटोछरितो सेवा पाउने अवस्था सृजना गर्नेबारे गम्भीर हुन देउवाले निर्देशन दिएको बुझिएको छ ।
सम्बन्धित

प्रतिक्रिया