शनिबार, जेठ ४, २०८२

अब नाकमा हाल्ने ‘नोजल भ्याक्सिन’ !

नेपालखोज २०७८ पुष २१ गते २०:४२

काठमाडौं । कोरोना महामारीको तेस्रो लहरका रुपमा ओमिक्रोन प्रकोप बढिरहेका बेला छिमेकी मुलुक भारतमा थोपाका रुपमा नाकमा हाल्ने भ्याक्सिन विकसित भएको छ ।

यदि यो औषधिले प्रभावकारी रुपमा काम गर्यो भने यसलाई कोरोनाविरुद्धको लडाइँमा थप एउटा जित मानिनेछ भने यो मानवजातिका लागि वरदान साबित हुनेछ । ड्रग कन्ट्रोलर जनरल अफ इन्डिया (डीसीजीआई) को विशेषज्ञ समिति (एसईसी) ले भारत बायोटेकको इन्ट्रा नोजल भ्याक्सिनलाई तेस्रो चरणको परीक्षणका लागि सैद्धान्तिक सहमति दिइसकेको छ ।

भारत बायोटेकले अब आफ्नो यो नयाँ कोरोनाविरोधी भ्याक्सिनलाई तेस्रो चरणको अध्ययन तथा बुस्टर खुराकका रुपमा आमपरीक्षणमा लाने बताएको छ । उक्त परीक्षणको नतिजापछि नै यो नोजल भ्याक्सिनले भारत सरकारबाट औपचारिक मान्यता पाउनेछ । त्यसपछि यसलाई स्वीकृतिका लागि विश्व स्वास्थ संगठनसमक्ष प्रस्तुत गरिनेछ । तेस्रो चरणको परीक्षणपछि यो न‍ोजल भ्याक्सिन कोरोनाको बुस्टर डोजका रुपमा आपत्‌कालीन प्रयोगमा आउने बताइएको छ जसका लागि अब केही महिना मात्र लाग्नेछ ।
-भारतीय विभिन्न सञ्चारमाध्यमको सहयोगमा

प्रतिक्रिया