नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको अध्यक्षमा सुरेशमान श्रेष्ठ
नेपालखोज
२०७८ पुष २१ गते १७:४३

काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको अध्यक्षमा सुरेशमान श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । महासंघले अध्यक्ष पदका लागि मंगलबार दुई बजेसम्मको समयअवधी दिएको थियो । सो समयभित्र श्रेष्ठबाहेक अन्य कसैको उम्मेदवारी नपरे पछि श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन् ।
महासंघको वार्षिक साधारण सभा आगामी शनिबार हुँदैछ । महासंघका अध्यक्ष रमेश महर्जनको निधन भएपछि उक्त पद खाली रहेको थियो । श्रेष्ठ रत्न म्यारीगोल्ड ज्वेलर्सका संचालक पनि हुन् ।
सम्बन्धित
प्रतिक्रिया