समाचार प्रकाशनप्रति वैदेशिक रोजगार संघको गम्भीर ध्यानाकर्षण

नेपालखोज २०७८ पुष २१ गते २१:११

काठमाडौं । वैदेशिक रोजगार संघले श्रम तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकमार श्रेष्ठले परराष्ट्र मन्त्रालयको जानकारी बिना संयुक्त अरब इमिरेट्स (यूएई) भिसा सेन्टरको उद्घाटन गरेको भन्ने समाचार आएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संघले बुधबार एक सूचना जारी गर्दै विभिन्न पत्रपत्रिकाहरुमा आएका उक्त समाचारहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । नेपाली कामदारहरु माथि अतिरिक्त आर्थिक भार पार्ने उद्देश्यका साथ भिसा सेन्टर र मेडिकलको नाममा सिन्डिकेट कुनै हालतमा पनि स्वीकार्य नहुने र यसको विरुद्ध संघले ससंक्त आन्दोलन गर्ने सबैमा जानकारी गराउँदछु – संघका महासचिव सुजित कुमार श्रेष्ठद्वारा जारी सूचनामा भनिएको छ ।

साथै संघल भिसा र मेडिकल सेन्टरको आधिकारिकताका सम्बन्धमा भोलि नै सम्बन्धित मन्त्रालय (परराष्ट्र र श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय) र यूएई दूतावासमा पत्राचार गरिनेसमेत जानकारी गराएको छ ।

प्रतिक्रिया