उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात, ५ वटा प्रदेशमा वर्षाकाे सम्भावना

नेपालखोज २०७८ पुष २२ गते ६:३०

काठमाडाैं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी तथा वाग्मती प्रदेशमा सामान्यदेखि पूर्णताया बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने सुदूरपश्चिम तथा कर्णाली प्रदेशका केही स्थान र लुम्बिनी तथा गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना र सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी तथा वाग्मती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ साथै देशका पहाडी तथा तराईका थोरै भू(भागमा हल्का वर्षासँगै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया