एन्फा कार्यसमिति बैठक बस्दै, यस्ता छन् एजेन्डा
नेपालखोज
२०७८ पुष २२ गते १०:२६

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको कार्यसमिति बैठक बस्ने भएको छ । आज दिउँसो साढे १२ बजे बैठक बस्ने एन्फाले जनाएको हो ।
वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङसहित सात सदस्यले पुस १ गते कार्यकारी समितिको बैठक माग गरेका थिए । वरिष्ठ उपाध्यक्ष नेम्बाङ, उपाध्यक्षद्वय वीरबहादुर खड्का, कृष्ण थापासहित सदस्यहरू किरण राई, दावा लामा, दिनेश ब्यञ्जनकार, निरोज खड्गीले लिखित माग गरेपछि एन्फाले १२ पुस गते बैठकको मिति तय गरेको थियो ।
एन्फाले पुस १५ गते १९ एजेण्डा बनाएर बैठक बस्ने आफ्ना सदस्यलाई जानकारी दिएको थियो । त्यसपछि विधानअनुसार उपाध्यक्ष नेम्बाङ र वीरबहादुरले ६ एजेण्डा थप गर्न माग गर्दा दावाले ४ तथा राईले ३ एजेण्डा थप माग गरे ।
सातदोबाटो एन्फा मुख्यालयमा बैठक बोलाइएको छ ।
सम्बन्धित
प्रतिक्रिया