देउवाको भारत भ्रमण, राष्ट्रियसभा निर्वाचन र एमसीसीमा मन्थन

नेपालखोज २०७८ पुष २२ गते ११:३८

काठमाडौं। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उच्चस्तरीय समन्वय समितिको बैठक बसिरहेको हो ।

सरकारलाई सहयोग गर्न भनेर समन्वय समिति बनाइएको थियो । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले समितिको नेतृत्व गरिरहेका छन् । समितिमा सत्तारुढ पाँच दलका शीर्ष नेताहरु सदस्य छन् । कांग्रेसबाट कृष्णप्रसाद सिटौला, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र उपाध्यक्ष दुर्गा पौडेल छन् ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमण, राष्ट्रियसभा निर्वाचन, एमसीसीलगायत विषयमा छलफल भइरहेको जनाइएको छ । प्रधानमन्त्री देउवालाई भारत भ्रमणका क्रममा उठाइने एजेन्डा बनाउन पनि बैठक बसेको हो ।

बैठकमा एमालेले गरिरहेको संसद् अवरोधका विषयमा पनि छलफल गर्ने बताइएको छ । प्रतिनिधिसभाको अको बैठक पुस २८ गते बस्दै छ । संसद् बैठकमा अवरोध नगर्न आग्रह गर्दै हिजो रामचन्द्र पौडेल एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका थिए ।

प्रतिक्रिया