भड्किए आले, जसरी भए पनि बतास समूहलाई नारायणहिटीबाट हटाउने उद्‌घोष

नेपालखोज २०७८ पुष २२ गते १५:३४

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी संग्रहालयभित्रबाट बतास समूहलाई हटाउने प्रक्रिया अगाडि बढाउने बताएका छन् ।

सञ्चारकर्मीहरुलाई बिहीबार प्रतिक्रिया दिँदै मन्त्री आलेले नारायणहिटी संग्रहालयमा रेस्टुरेन्टलगायत भौतिक संरचना निर्माण गरिरहेको बतास समूहलाई त्यहाँबाट हटाउने दाबी गरे ।

उनले सो समूहलाई कुन प्रक्रियामार्फत हटाउने भन्ने विषयमा आफू छलफलमै रहेको बताए । मन्त्री आलेले मन्त्रीस्तरबाट वा मन्त्रिपरिषद्‌बाटै निर्णय गरेर भएपनि हटाइ छाड्ने बताए ।

उनले आजै नारायणहिटीमा अवलोकनका लागि जाने पनि उल्लेख गरे । उनले नारायणहिटी संग्रहायलभित्र बतास समूहको प्रवेशको सम्बन्धमा छानबिन सुरु गरिएको बताए ।

प्रतिक्रिया