प्रधानमन्त्री देउवाको भारत भ्रमणको सुरक्षा व्यवस्थाबारे छलफल

नेपालखोज २०७८ पुष २२ गते १८:१३

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँडले केन्द्रिय सुरक्षा समितिका पदाधिकारीहरुसँग छलफल गरेका छन् । मन्त्री खाँडले समसामयिक सुरक्षाको अवस्था र आगामी दिनका सुरक्षाका चुनौतिका विषयमा छलफल गरेका हुन् ।

बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै गृहमन्त्रालयका सह-सचिव प्रदीपकुमार कोईरालाले बैठकमा राष्ट्रिय सभाको निर्वाचन तथा आसन्न स्थानीय निर्वाचनमा गरिने सुरक्षा तयारीको विषयमा समेत अध्यावधिक छलफल भएको समेत बताए । उनले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको सुरक्षा व्यवस्था र केही दुई पक्षिय सुरक्षाका विषयमा पनि छलफल भएको बताए ।

सह-सचिव काईरालाले भने, ‘बैठकमा समसामयिक सुरक्षाको अवस्था र आगामी दिनका सुरक्षा चुनौतिका विषयमा छलफल गरियो । यसका साथै राष्ट्रिय सभाको निर्वाचन तथा आसन्न स्थानीय निर्वाचनमा गरिने सुरक्षा तयारीको विषयमा समेत अध्यावधिक छलफल भयो । यसका साथै सम्माननीय प्रधानमन्त्री ज्यूको भारत भ्रमणको सुरक्षा व्यवस्था, तथा केही द्वीपक्षिय सुरक्षाका विषयमा छलफल भयो । सुरक्षाको बिस्तृतिकरण गर्ने विषयमा छलफल भएको छ । त्यो विषय हामी सार्वजनिक गर्दैनौँ ।’

सह-सचिव कोईरालाले बैठकमा सुरक्षाको बिस्तृतिकरणको विषयमा पनि छलफल भएको बताए ।

प्रतिक्रिया