महालक्ष्मी र इजिलिंक रेमिट्यान्सबीच समझदारी, थपिए यस्ता सुविधा

काठमाडौं । ग्राहकलाई सरल, सहज र गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैंकले ग्राहकलाई रेमिटेन्ससम्बन्धी थप सुविधा प्रदान गर्ने उद्देश्यले इजिलिंक रेमिट्यान्स प्रालिसँग सम्झौता गरेको छ ।
बैंकको प्रधान कार्यालय दरबारमार्गमा आयोजित एक विशेष कार्यक्रमबीच सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र इजिलिंक रेमिटेन्स प्रालिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डोलप्रसाद अर्यालले हस्ताक्षर गरेका हुुन् ।
यो सम्झौतापश्चात् ग्राहकले विश्वका विभिन्न स्थानबाट नेपालभित्र बैंकिङ च्यानलमार्फत आएको रकम तथा नेपाल भित्रका विभिन्न स्थानहरूमा रकमान्तरका लागि देशैभर छरिएर रहेका महालक्ष्मी विकास बैंकका १०३ वटा शाखामार्फत सेवा प्राप्त गर्न सक्नेछन् । अब महालक्ष्मी विकास बैंकका ग्राहकले संसारको कुनै पनि स्थानबाट इजिलिंक रेमिट्यान्समार्फत सोझै खातामा रकम जम्मा गर्न सक्नेछन् । बैंकले हालसम्म २६ वटा रेमिट कम्पनीहरूसँग सम्झौता गरी ग्राहकहरूलाई रेमिट्यान्स सुविधा प्रदान गर्दै आइरहेको छ । यसका साथै रेमिट्यान्सबाट आएको रकमलाई थप एक प्रतिशत ब्याज प्रदान गर्ने विशेषतासहितको मुद्दती योजना सञ्चालनमा ल्याएको छ । हाल यस योजनाअन्तर्गत ११ दशमलव २५ प्रतिशत वार्षिक ब्याज प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
बैंकले प्रदेश १ मा ५, प्रदेश २ मा १५, वाग्मती प्रदेशमा ३७, गण्डकीमा ९, लुम्बिनीमा १८, कर्णालीमा २ र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ शाखामार्फत करिब ६ लाख ग्राहकलाई उच्चस्तरीय वित्तीय सेवाहरू सरलीकृत तवरले प्रदान गर्दै आइरहेको छ ।
बैंकले ग्राहकको वैदेशिक यात्राका क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले भिसा इएमभी चिप बेस ट्राभल कार्ड, ई–कर्मस कार्ड र डलर कार्ड जारी गरिसकेको छ । समग्रमा भिसा ईएमभी चिप बेस ट्राभल कार्ड, ई–कमर्स कार्ड र डलर कार्ड जारी गर्ने अग्रणी तथा एकमात्र विकास बैंक ः महालक्ष्मी विकास बैंक रहेको छ ।
प्रतिक्रिया