‘जनतालाई मूर्ख नसम्झे हुन्छ’

राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापा लेख्छन् : विगतको विषम् परिस्थितिमा मैले राजसंस्थाको एजेन्डा बोक्दा प्रतिगामी, पुनरोत्थानवादी र ‘सिनो’बोकेर हिँड्ने भनेर मलाई सत्तोसराप गर्नेहरु नै अहिले मैले राजा राजनीतिभन्दा माथि रहनुपर्छ, पार्टीमा चलखेल गर्नुहुँदैन भन्दा मेरो खेदो खनिरहेका छन्, हाँसो र उदेक लाग्छ । त्यो राजतन्त्रप्रति विकसित नयाँ मोह हो वा मेरो चरित्रहत्या गर्ने रहर, मैले बुझ्न सकेको छैन । म निरंकुश र सक्रिय राजतन्त्रको पक्षमा छैन । राप्रपाको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नांगो हस्तक्षेपबाट राजा निष्पक्ष अभिभावक र राजनीतिभन्दा माथि बस्न नचाहने स्पष्ट संकेत मिलेको छ । मेरो समस्या र पीडा त्यही हो । यो प्रसंगलाई हारजितसँग जोडेर हेर्नेहरुले समस्याको जडलाई बुझ्न सक्दैनन् । उनीहरुको विवशता प्रति मेरो दया छ । तर, स्पष्ट होस्-विचार मिलेन भने पार्टीबाट कुनै दिन नैतिक आधारमा म अलग हुनसक्छु तर राप्रपा कदापि फुटाउने छैन । थापाको यो टिप्पणीमा आएका प्रतिक्रियाहरु कमेन्ट बक्सबाट :
सुरेन्द्र गाैतम – तपाईंले राप्रपामा जितुन्जेल राजाको साथ रहँदा अरूको टाउको नदुख्ने, हारेपछि राजाको नाङ्गो हस्तक्षेप ? यहीँनेर पब्लिकले तपाईंलाई नपत्याएको देखिन्छ ।
राजेन्द्र खनाल – राजसंस्थालाई समाप्त पार्ने पनि कमल थापा प्रवृत्ति नै हाे । आफ्नै भाइलाई संसद, बनाए पैसा लिएर संसद बनाउने पनि यिनै हुन्, अहिले राेइलाे गरिरहेका छन् ।
हेमराज खड्का – चुनाव हुनुभन्दा एकछिन पहिलेसम्म राजाको आशीर्वाद छ भन्ने हारेपछि सत्तोसराप गर्ने ? चतुर अवसरवादी मुसो दुलोमा पानी भरिएपछि कति चिं चिं गरेको ? बदमास ।
भोला भट्टराई – मानौं, हजुरले अध्यक्ष जित्नुभएको भए के यी विचारहरु आउँथे त श्रद्वेय दाइ ?
बिमल डाँगी- जुन धाराको पानी खायौ त्यही धारा बिर्सन खोज्नु मूर्खता हो ।
सन्तोष राजावादी – म निरंकुश र सकृय राजतन्त्रको पक्षमा छैन रे। कस्तो मूर्ख मनुष्य पूर्वराजा ज्ञानेन्द्रले शासन लिँदा गृहमन्त्री बनेको होइन ? दिउँसै रात पार्न खोज्छ । अहिलेका नेपाली जनतालाई मूर्ख नसम्झे हुन्छ ल ।
सुवास बस्नेत- आफैँ दयाका पात्र छौ काका अरुका विवशतामा के दया देखाउँछौ ? कमेन्ट पनि हेर्ने गर्नु बुद्धिको बिर्को खुल्न सक्छ ।
त्रिविक्रम कुँवर- कुन अनुहारले तिमी राप्रपामा बस्छौ ? खुरुक्क मुसो पार्टी खोलेर तिम्रा मुसाहरुलाई एकत्रित पारेर मुसा अधिवेशन गर र सर्वसम्मतिबाट मुसाहरुको अध्यक्ष बन !!
दीपकजंग थापा– राजाको पालामा मन्त्री बनेर राजालाई गलत सल्लाह दिई जङ्गलमा पुर्याउने काइते हौ तिमी !
रामकुमार श्रेष्ठ– याे मेन्टलकाे नजिकैको मान्छे काेही छैन भने याे मान्छेलाई पाटन लिएर चाँडै उपचार गर्नुपर्ने भयो !! यति गैरराजनीतिक चिन्तनकाे मान्छे रहेछ रामराम याे मान्छे ।
जीवन भण्डारी– कमरेड कमल थापाज्यू, विचलित नहुनु है ! आइ एम विथ यू !
हुसेनजी- सकृय राजतन्त्रको पक्षमा छैन पनि भन्ने अनि राजा नभएर समस्या आयो पनि भन्ने यो के ताल हो काजी साप ? निष्कृय राजतन्त्र त ४६-६३ सम्म देखेकै हो । मुर्ति चै किन राख्नु? अहिलेको राष्ट्रपतिले के बिगारिन् र ? राजतन्त्र २१औं शताब्दिमा लज्जाको विषय हो, बेलायतको उदाहरण नदिनुस, इतिहास हामी पनि पढ्छौं ।
गुरु भट्टराई– काजी साबमा पनि धैर्य गर्ने क्षमता रहेनछ, याद होस् माया हुनेले आफ्नो परिवारलाई बचाउन आफ्नो ज्यान पनि फाल्न तयार हुनुपर्छ !
विवेक बराकोटी– तपाईंको अभिव्यक्तिले सामाजिक सन्जालमा पाएको अपमानले मेरो मुटु पोलेको छ मेरो मुटुका लागि भए पनि कृपया कमसेकम ६ महिनासम्म आफ्नो अभिव्यक्ति सामाजिक सन्जालमा अभिव्यक्त नगरिदिनहुन हार्दिक अनुरोध गर्दछु साथै तपाईंले व्यक्त गरेका विचारमा आएका प्रतिक्रियाहरु अध्ययन गर्न सुझाव दिन्छु ।
तेजबहादुर रावत– आजको युगमा सक्रिय राजा भन्ने विकल्प संसारमा कहिँकतै छैन र हुने कुरा पनि छैन तर तपाईंले त सीधै सक्रिय राजा आउन लाग्यो भनेर आत्तिएको अभिनय गरेर राजा र राप्रपाविरूद्ध नै खनिनु भयो र जनतामा भ्रम फैल्याउने कुचेष्टा गर्नुभयो । हो यहीँनेर तपाईं चुक्नुभयो । यही देखिन्छ तपाईंको हारको कुण्ठा प्रस्फुटित भएको ! तपाईंले ‘म पार्टी छोडिदिन्छु’ भन्नु पनि तपाईंको कुण्ठा टोकाइ नै हो ।
खगेन्द्र सापकोटा – निर्वाचनको पूर्वसन्ध्यामा मलाई राजाको पनि आशिर्वाद छ, आफ्नो हार भएपछि राजा राजनीतिभन्दा माथि हुनुपर्छ ? तपाईं व्यक्तिगत रुपमा क्षमतावान् भएर पनि तपाईंको हालको क्रियाकलापले आफैंलाई डुबाउनुभयो । अब टेनिसतिर लाग्नुभयो भने त्यो क्षेत्र उज्ज्वल देखियो ।
टीएम गाैतम – किन लोक हँसाएको ? कमल थापालाई ठीक लागुन्जेल राजतन्त्र आवश्यक हुने कमल थापालाई ठीक लाग्न छाडे’सी राजतन्त्र आवश्यक नहुने भन्ने हुन्छ र ?
सुवर्ण श्रेष्ठ- तपाईंले छिटोभन्दा छिटो राप्रपा त्यागेको राम्रो ।
सुशील मल्ल संस्थापक सदस्यकाे नाताले त पार्टीभित्र सल्लाह सुझाव पाे दिने हाे, कताकाे फेसबुककाे बाल भरेर गाली खाँदै हिँड्नुभाकाे त !!
राजन लामिछाने- कमल थापा कसैको बन्न नसक्ने अवस्थामा छन !!
पवित्रराज बराल- यो नेता भनाउँदो कमलेलाई हेर एउटा जाबो अध्यक्षबाट पराजित मात्र के भएको थियो दिन/रात रुँदै कराउँदै सडक सडकमा बरबराउँदै अर्धपागल जस्तै हिँड्न थाल्यो ।
देवथापा पुलामी– जति स्पष्टीकरण दिए पनि खाटी कुरा भनेको हारको पीडा नै हो ।

प्रतिक्रिया