ताेलामा ७ सयले घट्याे सुन, कतिमा हुँदै छ कारोबार ?
नेपालखोज
२०७८ पुष २३ गते १०:४३

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीकै भाउ घटेकाे छ । छापावाल सुन आज प्रतितोला ७ सय रूपैयाँले घटेर ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुन ९२ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि ७ सय रूपैयाँले नै घटेकाे छ । आज तेजाबी सुन ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुन ९१ हजार ८ सय रूपैयाँमा काराेबार भएकाे थियाे ।
त्यस्तै आज चाँदीको मूल्य पनि १० रूपैयाँले घटेकाे छ । आज चाँदी १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी हिजाे १२ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित
प्रतिक्रिया