‘अहिले बालअधिकार आन्दोलनको विशेष पहिचान बन्यो’

नेपालखोज २०७८ पुष २३ गते १३:११

काठमाडौं । बालबालिकाको पोषण, बाल संवेदनशील सामाजिक सुरक्षा कार्यक्रम लागु गर्न पैरवी गर्ने लगायतका सवालहरूरमा सबै सञ्जालहरू एक भएर जाने सहमती भएको छ ।

बालबालिकाको क्षेत्रमा विधागतरुपमा हाल २० वटा सञ्जाल क्रियाशिल छन् । यि सञ्जालहरु मध्ये १७ वटा सञ्जालहरु एकसाथ जान सहमत भएका हुन् । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान, बालसहभागिताका कार्यरत संस्थाहरुको समूह, बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्च, बालसंरक्षण सञ्जाल लगायत सञ्जालहरुले सो प्रतिवद्दतापत्रमा हस्ताक्षर गरेका हुन् । बालअधिकार अभियान्ता गौरी प्रधानको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो ।

‘नेपालमा चलेका नागरिक आन्दोलन, अभियानहरुको कान्छो र परिपक्क एवं सुव्यवस्थित आन्दोलनको रुपमा बालअधिकार अभियान अगाडि बढिरहेको छ ।’ अधिकारकर्मी गौरी प्रधानले भने, नेतृत्वकर्ताहरुले विधागतरुपमा सवलीकरण गर्दै पुस्तान्तरण गर्न जोश, जाँगर र पहलकदमी चालेको कारण आज बालअधिकार आन्दोलनको विषेश पहिचान छ र यसरी एक भएर जान सम्भव भएको हो ।’ यसलाई कार्यान्वयन गर्न राजनीतिक दल, सरकार र सबै स्थानीय तहहरुमा पैरवी गर्न ढिला गर्न नहुने प्रधानले बताए ।

प्रतिक्रिया