‘जनताहरु मेरो साथमा छन्, शक्तिशाली हुँदै छु’

नेपालखोज २०७८ पुष २३ गते १३:५३

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पहिलो बन्ने दाबी गरेका छन् । पार्टीको जिल्ला अधिवेशनको भर्चुअलमार्फत उद्घाटन गर्दै ओलीले जनताहरु आफूहरुको साथमा रहेको दाबी गरे ।

उनले आगागी निर्वाचनमा पहिलो राजनीतिक दल बनेर सरकार बनाउने बताए । उनले भने, ‘हामी चुनावको प्रतिक्षामा छौं । त्यसपछि हामी शक्तिशाली भएर सरकार बनाउने छौं ।’

शेरबहादुर देउवा नेतृत्वको सरकार प्रतिगामी रहेको ओलीले आरोप लगाए । तुइन काटेर जनतालाई नदीमा खसाल्दा पनि बोल्न नसकेको उनले आरोप लगाए । राज्यका सबै अंग आ–आफ्नो मर्यादामा बस्नुपर्नेमा ओलीको जोड थियो ।

उनले सरकार जनताको पक्षमा नरहेको बताए । जनताको आदेशविना अन्यत्रबाट सरकार बनेको उनको दाबी छ । ओलीले भने, ‘सरकार बन्यो संसद्ले समेत पनि थाहा पाएन ।’ सरकार गठनसम्बन्धमा सर्वाेच्च अदालतले दिएको आदेशप्रति उनले दुखेसो गरे ।

प्रतिक्रिया