क्यासिनोलाई सलामी तथा नवीकरण दस्तुर बुझाउन निर्देशन

काठमाडौं । पर्यटन विभागले क्यासिनो कम्पनीलाई यही पुस मसान्तभित्र सलामी तथा नविकरण दस्तुर बुझाउन निर्देशन दिएको छ । विभागले आज सार्वजनिक सूचना जारी गर्दै सलामी र नविकरण दस्तुर नबुझाउने १० क्यासिनो कम्पनीलाई यही मसान्तभित्र उक्त रकम बुझाउन समयावधि तोकेको हो ।
विभागले क्यासिनो नियमावली, २०७० अनुरुप सञ्चालित कम्पनीहरुले आव २०७७/०७८ को इजाजत पत्र नविकरण दस्तुर र आव २०७८/०८९ को लागि तोकिएको रोयल्टी रकम तथा इजाजत नविकरण दस्तुर अविलम्ब दाखिला गर्न अनुरोध गरेको छ ।
आव २०७६/०७७ सम्म नियमित रुपमा रोयल्टी रकम दाखिला गरेको र नविकरणका लागि २०७८ पुस समान्तभित्र दाखिला नगरेमा आर्थिक ऐन, २०७८ को दफा १६ ९४० बमोजिम थप शुल्क तथा वार्षिक थप शुल्क लाग्नेछ । साथै समयमा नविकरण नभएका कम्पनीको हकमा क्यासिनो नियमावलीमा व्यवस्था भए बमोजिम इजाजत पत्र रद्द हुने विभागले स्पष्ट पारेको छ ।
रोयल्टी र नविकरण दस्तुर नबुझाउने कम्पनीहरुमा होटल सांग्रीलाको एसएचएल म्यानेजमेन्ट सर्भिसेस प्रालि तारागाउँ रिजेन्सी होटल परिसरको प्राइड इन्टरटेनमेन्ट, होटल डेला अन्नपूर्णको एटलान्टिक रिक्रिययसन, मल्ल होटल परिसरको बेल्लिज नेपाल र एभरेष्ट हस्पिटालिटी एण्ड होटलको डेल्टइन नेपाल प्रालि छन् ।
त्यस्तै होटल टाइगर रुपन्देहिको एसएचएल म्यानेजमेन्ट सर्भिसेज, भ्यू होटल सिद्धार्थ परिवारले चलाएको ज्याकपट गेमिङ सेन्टर, बाराको इच्चा होटलमा रहेको स्माइल कलेक्सन, होटल सोल्टी थिवक्रिम होटेल्स तथा रिसोर्टस् काँक्रेको इम्पेरियल इन्टरनेश्नल र काठमाडौंको सोल्टी होटलमा सञ्चालित माजोङ इन्टरटेनमेन्ट प्रा.लि छन् ।

प्रतिक्रिया