राष्ट्रियसभा बैठक पुस २७ गते बस्ने

नेपालखोज २०७८ पुष २३ गते १६:१६

काठमाडौं । राष्ट्रियसभा बैठक आगामी पुस २७ गते बस्ने भएको छ । यही पुस २५ गते आइतबार दिउँसो १ बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसद्, राष्ट्रियसभाको बैठक विशेष कारणवश उक्त दिन नहुने भएको छ ।

उक्त बैठक यही पुस २७ गते मंगलबार दिउँसो १ बजे बस्ने गरी पुनः निर्धारण गरिएको संसद् सचिवालयले जनाएको छ । राष्ट्रियसभा नियमावली २०७५ को नियम (६)बमोजिम राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त बैठक निर्धारण गरेका हुन् ।

प्रतिक्रिया