पृथ्वी जयन्तीमा सार्वजनिक विदा नदिए कडा आन्दोलन गर्ने चेतावनी

नेपालखोज २०७८ पुष २३ गते २२:३९

काठमाडौ । संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले सरकारले राष्ट्र निर्माता पृथ्वी नारायण शाहको ३००औं जन्मजयन्तीमा सार्वजनिक विदा नदिए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । काठमाडौंको संवाद डबलीमा मोर्चाले पत्रकार सम्मेलन गरेर नेपालको मौलिक धर्म संस्कृति र इतिहासलाई मेटाउन देशी विदेशी तत्वहरु लागेको आरोप समेत लगाएको छ ।

मोर्चाका संयोजक तारानाथ लुइटेलले २२से/२४से गण राज्यहरुलाई एकीकरण गरेर आजको नेपाल निमार्ण गरेका पृथ्वीनारायण शाहको अस्तित्व मेटाउन लाग्ने वर्तमान शासकहरुलाई नछाड्ने चेतावानी दिए । भर्खरै नेकपा (माओवादी केन्द्र)को महाधीवेसनले वैदिक सनातन धर्मविरुद्ध आपत्ति जनक निर्णय गरेको जुन बहुसंख्यक हिन्दु धर्मावलम्बिहरुलाई सह्य नहुने बताउँदै भने,“खबर्दार १ प्रचण्ड हामीलाई होम,पुराण,यज्ञ गर्न नदिने निर्णयले हाम्रो स्वाभीमानमाथि ठेस पुगेको छ, यस्को दुषपरिणमको भागिदार हुन तयार हुनु ।”

अध्यक्ष लुइटेलले माओवादी महाधीवेसनमा कार्यकर्तालाई धर्मसंस्कृति विरुद्ध कासन गर्ने प्रचण्ड र उनको पार्टी देशका निम्ति घतक भएको आरोप लगाए । लुइटेलले हरेक देशको आफ्नो धर्म हुने विषयको स्मरण गराउँदै नेपाल पशुपतिनाथ र गौतम बुद्धको देश भएकोले यसको विश्वमा पृथक पहिचान रहेकोले त्यसलाई मेटाउन खोज्नेहरु देश द्रोही भएको बताए ।

मोर्चाका सह–अध्यक्ष विष्णु भट्टराईले आजको स्वाधिन नेपाल पृथ्वीनारायणको कारणले भएको र विश्वमा पनि यसको पहिचान उनकै देनबाट स्थापित भएकोले उनको जन्मजयन्तिलाई भव्यताका साथ मनाउनु पर्ने माग राखे ।

प्रतिक्रिया