आइतबार, वैशाख १४, २०८२

विवाहित जीवन खुसी बनाउने वास्तु टिप्स

नेपालखोज २०७८ पुष २४ गते ५:००

विवाहित जीवनमा खुसी चाहनुहुन्छ भने ध्यान राख्नुहोस् कि शयनकक्ष हावा बहने र शान्त हुनुपर्छ । कोठामा भइरहेको कुराकानीको आवाज बाहिर जाने खालको नबनाउनुहोस् । यसले विवाहित जीवनमा मिठास ल्याउँदैन । शयन कक्षको वास्तुकलाको बारेमा केही जानकारी तल प्रस्तुत गरिएको छ ।

–सुत्ने कोठा घरको सबैभन्दा महत्त्वपूर्ण अंश हो । यहाँ राखिएको सबै कुराले विवाहित जीवनमा प्रभाव पार्छ । शयन कक्षमा श्रीमान् र श्रीमतीले सँगै आफ्नो हँसिलो फोटो राख्ने गर्छन् । तर फोटो आफू सुत्ने खाटको खुट्टापट्टि नराख्नुहोस् ।

–हरेक अमावश्यामा कालो तिललाई उत्तर–पश्चिम कुनामा सजाएर राख्नुहोस् ।

–रोमान्स र गोपनीयता कायम राख्नका लागि ध्यान दिनुहोस् कि शयनकक्षको झ्याल अर्काे कोठासँग राख्नु हुन्न ।

–मनी प्लान्टहरू आपसी प्रेम र शयनकक्षको सौन्दर्यका लागि पनि रोपिएका हुन्छन् । मनी प्लान्ट रोपेपछि पतिपत्नीबीचको सम्बन्ध मीठो हुन्छ भन्ने मान्यता वास्तु शास्त्रमा पाइन्छ ।

–शयनकक्षमा हल्का गुलाबी रङको किरण पर्दा दम्पतीहरूमा प्रेमभाव जाग्छ भन्ने मान्यता छ ।

–वास्तुका अनुसार जहिले पनि आफ्नो टाउको दक्षिण वा पूर्व दिशामा पारेर सुत्नुहोस्, ताकि पृथ्वीको चुम्बकीय क्षेत्र अनुसार तपाईं लामो र गहिरो निद्रा पाउन सक्नुहुनेछ । आरामदायी र पूर्ण निद्राले विवाहित जीवनलाई अझ रमाइलो बनाउँछ ।

–पत्नी श्रीमानको देब्रेपट्टि सुत्नु राम्रो हुन्छ ।

–बेडरूममा मन्द प्रकाशको व्यवस्था गर्नुपर्छ । तर प्रकाश सिधा ओछ्यानमा पार्नु हुँदैन ।

–वास्तुअनुसार शयनकक्षमा स्नानगृह हुनु हुँदैन किनभने दुवै व्यक्तिको ऊर्जाको आपसी आदानप्रदान स्वास्थ्यका लागि राम्रो हुँदैन ।

–यदि तपाईं शयनकक्षमा स्नानागार राख्न चाहनुहुन्छ भने यसलाई दक्षिण-पूर्व कोणमा निर्माण गर्नुहोस् । यदि यो सम्भव छैन भने उत्तर–पश्चिम कुनामा पनि निर्माण गर्न सकिन्छ ।

प्रतिक्रिया