वाणिज्यदूतहरुलाई गाडीमा नीलो नम्बर प्लेट र झन्डा राख्न पाउने सुविधा दिएको भन्दै आपत्ति

काठमाडौं । नेपाल सरकारले नेपालस्थित अवैतानिक महावाणिज्य तथा वाणिज्यदूतहरुलाई उनीहरुको गाडीमा निलो नम्बर प्लेट र झण्डा राख्न पाउने सुविधा दिने निर्णय गरेकोमा पूर्व सुरक्षाकर्मी परिषदले आपत्ती जनाएको छ ।
आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै पूर्व सुरक्षाकर्मी परिषद्ले अवैतानिक दुत बनि नेपालमा निलो नम्बरको प्लेटको गाडीमा झण्डा हालेर मुलुकप्रति अपराध गरेको आरोप लगाएको हो । परिषदले आगामी पौष २७ गते पृथ्वी नारायण शाहको जन्मजयन्तीको दिन सार्वजनिक बिदा दिएर भव्यरुपमा मनाउन सरकारसँग माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्रसमेत बुझाएको जानकारी गरायो ।

कार्यक्रममा बोल्दै पुर्व जनरल प्रा.डा प्रेमसिंह बस्यातले पछिल्लो समयका राजनीतिक दलका नेताहरुले मिलेसम्म देश बेच्ने र उनीहरुमा देशको कुनै पनि माया नभएको बताए । नारायणीहिटीको पर्दाफास गरेको भन्दै संस्कृती तथा पर्यटन मन्त्री प्रेम आलेको प्रशंसा गरे । नेपाली सुरक्षाको पेन्सन अवधि १६ वर्ष हुनै पर्नेमा उनले जोड दिए । ज्योतिष सेवाको नाममा ठगी गर्दै आएको धरानका एक व्यक्तिले ठगी गरिरहेको सुनाउँदै ती व्यक्तिलाई कारावाही गर्न सरकारसँग आग्रह गरे ।

नेपाली भुमिमा नेपालीले नै विदेशी मुलुकको अवैतानिक दुत बनि निलो नम्बर प्लेटको गाडीमा झण्डा हालेर कुटनैतिक सुविधा लिएकाहरुप्रति उनले अपराधको संज्ञा दिए । अहिलेका नेताहरु भ्रष्ट भएको भन्दै भुइचालोको बेलामा नेपाली कांग्रेसका नेताले जनताको जस्ता खाएको उनले आरोप लगाए ।
भुइचालो जस्तो महासंकटको समयमा पनि भ्रष्टाचार गरेको भन्दै उनले राष्ट्र प्रेम गर्ने एक जना पनि नेताहरु कांग्रेसमा नरहेको उनले जिकिर गरे । नेपालले नेपालको हितको लागि एमसीसी सम्झौता गर्न नुहुने उनको भनाई थियो । उक्त सम्झौता राष्ट्रघाति भएमा खारेज गर्न पर्ने उनले जोड दिए ।

खेतान, गोल्छा, चौधरीलगायत व्यापारिक समुहहरु लोटा लिएर नेपाल छिरेर देशलाई कंगाल बनाउन लागेको उनले आरोप लगाए । उनीहरुले नेपाललाई दोहन गरेर विदेशी बैंकमा रकम राखेको समेत उल्लेख गरे । चौधरी समुहले प्रधानमन्त्री र उनकी पत्नी डा. आरजु देउवालाई समातेको उनले बताए ।
उनीहरुले राजदुत भन्दामाथिको सेवा सुविधा लिएर नेपालकै अपमान गरेको सुनाए । ०६४ सालमा कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाले ‘लोटाधारी’ हरु नेपाल प्रवेश गराएको उनको भनाई थियो ।
आर्थिक र राजनीतिक विचलन ल्याउन भारत र चीनले नेपालमा रणनीति गरीरहेको उनले आरोप लगाए । डा.बस्न्यातले नेपाली कांग्रेसले माडे र लोटाधारीका पैसाले देश बर्वाद गरेको आरोप लगाए । यी नेताहरुको कामको विरोध गर्न नेत्र विक्रम चन्द्र ‘विप्लव’ समूहलाई आग्रह गरे । लोटाधारीहरुले नेपाललाई कंगाल बनाएको भन्दै बिनाश तर्फ लगेको उनले जिकिर गरे ।

प्रतिक्रिया