तराईका केही भागमा हुस्सु र कुहिरो, हिमाली क्षेत्रमा हिमपातको सम्भावना !

काठमाडौं । वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही आज प्रदेश १ र २ मा आंशिकदेखि सामान्य बदली रहेको छ । तराईका केहि भूभागमा हुस्सु/कुहिरो लागेको मौसम विज्ञान विभागको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव छ । आज (शनिबार) दिउँसो देशका सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले नियमित बुलेटिनमार्फत जनाएको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।
राति भने सुदूरपश्चिम, कर्णाली र वाग्मती प्रदेशमा सामान्य बदली रही प्रदेश १, २, गण्डकी र लुम्बिनीमा आंशिकदेखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा कर्णाली र गण्डकीका थोरै स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।
यस्तै भोलि (आइतबार) दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशहरूका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । साथै उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।
राति भने सुदूरपश्चिम, कर्णाली, वाग्मती र प्रदेश १ मा सामान्य बदली रही अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम र कर्णालीका केही स्थानमा मेघ गर्जन/चटयाङसहित हल्का वर्षाको सम्भावना छ । साथै उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।
पर्सि (सोमबार) दिउँसो भने सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम र कर्णालीका धेरै स्थानमा, लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।
यस्तै राति भने सुदूरपश्चिम र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ। सुदूरपश्चिमका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।
साथै सुदूरपश्चिम र कर्णालीका धेरै स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन महाशाखाले आवश्यक सतर्कता अपनाउनसमेत सबैमा आग्रह गरेको छ ।

प्रतिक्रिया