शुक्रबार, वैशाख १४, २०८१

क्यान्सर रोगबाट पीडितलाई मासिक भत्ता दिने प्रदेश २ को तयारी

नेपालखोज २०७८ पुष २४ गते ८:१९

सिरहा । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले क्यान्सर रोगबाट पीडितलाई प्रदेश सरकारले मासिक भत्ता उपलब्ध गराउने तयारी गरेको बताएका छन् ।

नेपाल अर्बुद रोग निवारण संस्थाको ३१औं केन्द्रीयसभाको सिरहाको लहानमा हिजो उद्घाटन गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारले क्यान्सर पीडितको उपचारार्थ कानुन बनाएरै मासिक भत्ता उपलब्ध गराउने तयारी भइरहेको बताए । ‘क्यान्सर पीडितले पहिलादेखि नै उपचारका लागि एक लाख रुपैयाँ राहत पाउँदै आएका छन्,’ मुख्यमन्त्री राउतले भने, ‘अब प्रदेश सरकारले कानुन बनाएरै मासिक भत्ता दिन लागेको छ ।’ उनले लहानमा स्थापना हुन लागेको क्यान्सर अस्पताललाई प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए ।

स्वास्थ्य अवस्थामा सुधार ल्याउन प्रदेश सरकारले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गरेको उल्लेख गर्दै उनले प्रदेश सरकारले स्थापना गरेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला देशकै नमुना हुने विश्वास व्यक्त गरे ।

May be an image of 2 people, people sitting and people standing
May be an image of 2 people, people sitting and people standing
तस्बिरहरु : यामलाल आचार्य

प्रतिक्रिया