माओवादी नेता श्रेष्ठलाई कोरोना संक्रमण

नेपालखोज २०७८ पुष २४ गते ९:५१

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । उनले आफूमा कोराना संक्रमण देखिएको जनाएका छन् । पीसीआर परीक्षण गर्दा कोरोना देखिएकाले अहिले होम आइसोलेसनमा बसेको उनको भनाई छ ।

आफू कम्तिमा १४ दिन आइसोलेसनमा बस्ने सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।सामाजिक सञ्जाल नेता श्रेष्ठले आफूसँग प्रत्यक्ष सम्पर्कमा रहेका सबैलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरेका छन् ।

प्रतिक्रिया