`पशुपति क्षेत्रभित्रको अतिक्रमित सार्वजनिक सम्पत्ति फिर्ता ल्याउँछौं´

नेपालखोज २०७८ पुष २४ गते १६:१३

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले पशुपति क्षेत्रभित्र रहेको सार्वजनिक सम्पत्ति अतिक्रमित भएको निष्कर्ष निकाल्दै फिर्ता ल्याई छोडने प्रतिवद्धता जनाएको छ ।

शनिबार दिउँसो पशुपति क्षेत्र परिसरभित्र बनेको धर्मशालाको अनुगमन गर्न पुगेको युवा संघ नेपालको टोलीले सो धर्मशालासमेत व्यापारिक प्रयोजनको निम्ति दिने काम गरेको भन्दै त्यसलाई तत्काल रोक्न पनि सरकारसँग माग गरेको छ । त्यसैगरी टोलीले देशभर अतिक्रमित सार्वजनिक सम्पत्ति फिर्ता ल्याउने काममा साथ दिन पनि सबैलाई अपिल गरेको छ ।

पशुपति क्षेत्रभित्रको सार्वजनिक सम्पत्तिसमेत अतिक्रमित भएकाले त्यसलाई रोक्न आफूहरुले अनुगमनको काम सुरु गरेको संघका अध्यक्ष नरेश शाहीले जानकारी दिए । उनले संघले देशभरका सबै सार्वजनिक सम्पत्तिहरुको दुरुपयोग हुन नदिन अनुसन्धानको काम सुरु गरेको पनि बताए ।

अध्यक्ष शाहीले नारायणहिटी संग्राहलय, नेपाल ट्रष्ट, रेडियो नेपालको खुमलटारस्थित जग्गाहरुसमेत अतिक्रमणमा परेको उल्लेख गर्दै त्यसलाई फिर्ता ल्याउन आफूहरुले पहल सुरु गर्नु परेको बताए ।

युवा संघ, नेपालले नारायणहिटी संग्राहलयमा बतास समूहले बनाउन लागेको रेष्टुरेन्ट भत्काउन निर्देशन दिएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेलाई धन्यवाद समेत दिएको छ ।

प्रतिक्रिया