थप ९४४ जनामा संक्रमण पुष्टि, २९७ डिस्चार्ज

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा थप ९४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ७६२ जनाको पीसीआर परीक्षणमा ६९६ र ३ हजार ५०२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २४८ जना गरी ९४४ जनामा कोरोना पुष्टि भएको छ ।
नेपालमा हाल ६ हजार १४० जना सक्रिय संक्रमित भएका छन् । त्यस्तै, पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमितको मृत्यु संख्या शून्य छ । त्यस्तै, पछिल्लो चौबीस घण्टामा मुलुकका विभिन्न अस्पतालबाट २९७ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज हुनेको कुल संख्या ८ लाख १४ हजार ६ जना छन् । निको हुने दर ९७ दशमलव ९ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।
त्यस्तै, पछिल्लो चौबीस घण्टामा थप २ लाख ४३ हजार ४६० रहेका छन् ।
प्रतिक्रिया