‘सभापतिले आफूखुसी गर्न खोजे पार्टीले चुनावमा हारको सामना गर्नुपर्छ’

नेपालखोज २०७८ पुष २४ गते १७:२२

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापतिले आफुखुशी गर्न खोजे पार्टीले चुनावमा हारको सामना गर्न सक्ने बताएका छन् । सुनसरीको इनरुवामा सञ्चारकर्मीहरुसँगको कुराकानी गर्दै नेता कोइरालाले कोइरालाले सभापतिले म सबैको हुँ भनेपनि विश्वासको वातावरण भने बनि नसकेको बताए ।

सभापति शेर बहादुर देउवाले विधानमा भएको व्यवस्थालाई गलतरुपमा प्रयोग गरेर नियुक्ति गरिएको बताए । सभापति यसरि नै हिड्ने हो भने पार्टीले स्थानीय प्रदेश र केन्द्रिय निर्वाचन जित्न नसक्ने बताए ।

उनले भने, “अहिले भर्खर सुरुवात हो । जसरी वहाँले भन्नुभयो म सबैको सभापति हुँ । त्यो देखाउनु पर्यो । देखिने गरी हुनु पर्यो, न्याय संगत हुनु पर्यो ।” “वहाँले विधानलाई टेकेर हिंड्नु भएको छ तर जसरी नियुक्तिहरु गर्नु भको छ । कार्य समितिमा ल्याउनु भएको छ । त्यसको मापदण्ड के हो भन्ने कुरा चैं हामीले जान्न जरुरी छ । न्यायोसंगत हुनुपर्छ भन्ने हाम्रो चाहना हो । भएन भने अप्ठ्यारो त पर्छ नै ।” “त्यस्तो भयो भने पार्टी दुर्घटनामा जान्छ । दुर्घटना भनेको स्थानीय, प्रदेश र केन्द्रिय निर्वाचन जित्न सकेन भने त्यसको दोष कसले लिने ।”

एक फरक प्रशंगमा कोइरालाले आम नेपाली जनतामा एमसीसीको बारे फैलिएको त्रास चिर्न संसदमार्फत छलफल गरेर जे हुन्छ जानकारी दिनु आवश्यक रहेको बताए । कोइरालाले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका अस्तव्यस्त रहेको भन्दै अवरुद्ध संसद् सुचारु गर्न तर्फ कांग्रेस र एमाले दुवै लाग्नु पर्ने बताए ।

न्यायपालिकामा दबाब दिन जरुरी रहेको बताएको कोइरालाले प्रधानन्यायाधिशले स्वयं निकाश खोज्नु पर्ने धारणा राखेका छन् । कोइरालाले आगामी चुनावमा नेपाली कांग्रेस एक्लै चुनाव लड्ने समेत दोहोर्याए ।

प्रतिक्रिया