राष्ट्रियसभा निर्वाचनका उम्मेद्वारको आज अन्तिम नामावली प्रकाशन गरिँदै
नेपालखोज
२०७८ पुष २५ गते १०:३६

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यका लागि उम्मेद्वारी दर्ता गराएकाहरूको आज अन्तिम नामावली प्रकाशन गर्दैछ । आयोगले आजै उम्मेद्वारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ ।
राष्ट्रियसभा सदस्यको निर्वाचनमा सत्ता गठबन्धन पाँच दलले सदस्य पदको बाँडफाँड गरेका छन् । निर्वाचनका लागि पुस २० गते उम्मेदवारी दर्ता गरिएको थियो ।
४३ जना उम्मेदवारको मनोनयन दर्ता भएकोमा उनीहरूबीच नै प्रतिस्पर्धा हुने जनाइएको छ । आगामी माघ १२ गते राष्ट्रियसभा निर्वाचन हुँदैछ ।
सम्बन्धित

प्रतिक्रिया