मंगलबार, असार १०, २०८२

सुनचाँदीकै मूल्य स्थिर

नेपालखोज २०७८ पुष २५ गते १०:५०

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीकै भाउ स्थिर रहेकाे छ । छापावाल सुन आज प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुन ९१ हजार ६ सय रुपैयाँमा नै कारोबार भएको थियो ।

त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि स्थिर रहेकाे छ । आज तेजाबी सुन ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजाबी सुन ९१ हजार १ सय रूपैयाँमा नै काराेबार भएकाे थियाे ।

त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेकाे छ । आज चाँदी १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी हिजाे पनि १२ सय २५ रुपैयाँमा नै कारोबार भएको थियो ।

प्रतिक्रिया