बिहीबार, असार १२, २०८२

सञ्चारमन्त्री कार्की आइसोलेसनमा

नेपालखोज २०७८ पुष २५ गते ११:०८

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की होम आइसोलेसनमा बसेका छन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठलाई शनिबार कोरोना भाइरस संक्रमण पुष्टि भएपछि मन्त्री कार्की होमआइसोलेसनमा बसेका हुन् ।

सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री कार्कीे सत्ता गठबन्धनको शुक्रबारको बैठकमा सहभागी भएका थिए । उनले पीसीआर परीक्षण गरेर नतिजा आएपछि मात्रै नियमित भेटघाट र काममा फर्कने जानकारी दिए ।

प्रधानमन्त्री शेरबहादुर देउवा पनि शनिबारदेखि आइसोलेसनमा बसेका छन् । माओवादीका नेताहरू हरिबोल गजुरेल, मातृका यादव, डोरप्रसाद उपाध्याय, रामप्रसाद सापकोटा, रमेश मल्ललगायतलाई पनि सङ्क्रमण पुष्टि भएको छ । रासस

प्रतिक्रिया