प्रधानमन्त्री देउवालाई कोरोनाको आशंका, पीसीआर परीक्षण गरिँदै

नेपालखोज २०७८ पुष २५ गते १२:०८

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको पीसीआर परीक्षण गरिँदैे छ । आज देउवाको पीसीआर परीक्षण गर्न लागिएको हो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना संक्रमण भएपछि भीआईपीहरुको कन्ट्याक्ट ट्रेसिङ गर्न थालिएको छ । सत्तारुढ गठबन्धनका सहयात्री देउवा र प्रचण्ड लगातार भेटघाटमा व्यस्त थिए । शुक्रबार बालुवाटारमा उच्चस्तरीय समन्वय समितिको बैठकमा प्रचण्डसँगै देउवा पनि सहभागी थिए ।

प्रचण्डलाई कोरोना संक्रमण भएपछि प्रधानमन्त्री देउवा शनिबारबाट नै होम आइसोलेसनमा छन् । प्रधानमन्त्री देउवाले शनिबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटस्थित निवासमै पुगेर भेटवार्ता गरेका थिए ।

अध्यक्ष ओली भने झापाका विभिन्न उद्घाटन र निरीक्षण कार्यक्रममा आज सहभागी हुने कार्यक्रम छ ।

प्रतिक्रिया