३४ एसपीको सरुवा, झापामा सानुरामको ठाउँमा विश्वमणि
नेपालखोज
२०७८ पुष २५ गते १४:३०

काठमाडौं – नेपाल प्रहरीका ३४ जना प्रहरी उपरीक्षक एसपीहरूको सरुवा भएको छ । आज प्रहरी महानिरीक्षकको निर्णयअनुसार सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
एसपीहरूको सरुवा भएसँगै केही जिल्लाका प्रहरी प्रमुखहरू फेरिएका छन् । झापामा सानुराम भट्टराईको ठाउँमा विश्वमणि पोखरेल पुगेका छन् । सिरहाका हिराबहादुर पाण्डे निलम्बनमा परेपछि अर्जुनप्रसाद तिमिल्सिनालाई पठाइएको छ ।
पाल्पामा जनकबहादुर शाही, बारामा सिंह देउवा, प्रज्वल महर्जनलाई पूर्वी नवलपरासीको जिम्मा दिइएको छ । श्यामसिंह चौधरीले कञ्चनपुर प्रहरी प्रमुखको जिम्मा पाए ।
सम्बन्धित

प्रतिक्रिया