राष्ट्र बैंकले भोलि पुनः १६ अर्बको ट्रेजरी बिल बिक्री गर्दै
नेपालखोज
२०७८ पुष २५ गते १७:५७

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनः १६ अर्ब रुपैयाँको ट्रेजरी बिक्रीको आह्वान गरेको छ । राष्ट्र बैंकका अनुसार भोलि दिउँसो दुई बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।
जारी मिति भने पुस २७ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउने छन् । बिक्री गरिने कुल ट्रेजरी मध्ये २८ दिने अवधिको दुई अर्ब, ९१ दिने अवधिको आठ अर्ब र एक सय ८२ दिने अवधिको छ अर्ब रुपैयाँ रहेको छ ।
राष्ट्र बैंकका अनुसार यो ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमश २०७८ माघ २५ गते, २०७८ चैत २९ गते र २०७९ असार २८ गते तोकिएको छ । यि सबै ट्रेजरीहरु पुरानो नविकरण अन्र्तगत रहेको पनि राष्ट्र बैकको भनाई छ । यसअघि यही पुस १९ गते पनि राष्ट्र बैकले नौ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।

सम्बन्धित
प्रतिक्रिया