लकडाउन गर्ने भारतको तयारी ! मोदीसहितका नेताहरु जुटे छलफलमा
नेपालखोज
२०७८ पुष २५ गते १८:४३

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आपतकालीन बोलाएको बैठक जारी छ । भारतमा कोरोना भाइरसको तेस्रो लहरको संकेत देखिएपछि मोदीले बैठक बोलाएका थिए ।
मोदीले बोलाएको बैठकमा गृहमन्त्री अमित शाह र स्वास्थ्यमन्त्री मन्सुख मान्दभीय सहभागी छन् । बैठकमा उच्च निकायका कर्मचारी समेत सहभागी छन् । बैठकमा नागरिक उड्डयन सचिव, गृह सचिव, रेल विभागका अध्यक्ष लगायत उच्च पदस्थ व्यक्ति सहभागी रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
संक्रमणदर उच्च अवस्थामा रहेकाले संक्रमण रोक्न भारतमा लकडाउन हुन सक्ने बताइएको छ । यसअघि पनि प्रधानमन्त्री मोदीले डिसेम्बर २२ र २६ नोभेम्बरमा कोरोनाको विषयमा समिक्षा गरेका थिए ।
सम्बन्धित
प्रतिक्रिया