सोमबार, वैशाख १७, २०८१

‘खेलकुद क्षेत्रको विकासमा सरकारकोे दृष्टिकोण अझै पुगेन’ (भिडियोसहित)

नेपालखोज २०७८ पुष २५ गते १९:०३

काठमाडौं । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालको खेलकुद क्षेत्रको विकासमा सरकारकोे दृष्टिकोण अझै पुग्न नसकेको बताएका छन् । आज गण्डकी प्रदेश तेक्वान्दो संघको वार्षिक साधारणसभा तथा अधिवेशनको उदघाटन गर्दै प्रदेश प्रमुख गुरुङले खेलकुदको विकासमा राज्यको दृष्टिकोण पर्नुपर्नेमा जोड दिए ।

सरकार चलाउन मात्रै दलका नेताहरु केन्द्रित हुँदा खेलकुद क्षेत्रको विकासमा उनिहरुको दृष्टिकोण पुग्न नसकेको उनको भनाई थियो । प्रमुख गुरुङले भने, ‘राज्यले खेलकुदको विकासमा दृष्टिकोण दिनुपर्छ । खेलकुद प्रशिक्षण दिनेकाम राज्यले दिनुपर्छ । खेलकुदको विकासमा राज्यले मात्रै नभई निजी क्षेत्रको पनि सहयोग भए प्रवद्र्धन हुन सक्छ । कर्पोरेटको व्यवसायिक प्रवद्र्धन भएको छ । कर्पोरेट समूहको लगानीले खेलकुदमा टेवा पुगेको छ ।’

खेलकुदको विकासलाई अर्थले पनि निर्देशित गर्ने भन्दै प्रदेश प्रमुख गुरुङले आर्थिक कमीले खेलकुद अत्यन्तै पिछडिएको लघु अवस्थामा रहेको उल्लेख गरे । हिजो फुटबल मात्रै खेलकुद भन्ने भान भए पनि अहिले खेलकुद व्यापक भएको उनले बताए ।

अन्तर्राष्ट्रिय क्षेत्रमा स्पोर्टसम्यानसिप देखाउन सक्यो भने आर्थिकरुपमा बलियो बन्न सकिने पनि प्रदेश प्रमुख गुरुङले बताए । अधिवेशनले जगनबहादुर गुरुङको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

प्रतिक्रिया