मंगलबार, वैशाख ११, २०८१

खुसी- हावाको झोंका जसरी आउँछ र जान्छ

‘राम्रोपन, अरूले मानिलिएको स्थिति हो : आनन्द, वास्तविक अनुभव हो’

नेपालखोज २०७८ पुष २६ गते ८:०८

-इच्छापूर्वक गरिने जुनसुकै कुरा तपाईंका निम्ति निकै सुखद र विकास गर्ने प्रक्रिया बन्न सक्छ । यदि हाम्रा अभिलाषाहरू पूरा नहुँदा हामी दुःखी बन्यौँ भने, तिनै अभिलाषाहरू विष बन्न सक्छन् । योग अभ्यासहरूको ध्येय यो हो, तपाईंका ऊर्जहरूलाई त्यस्तो अवस्थामा पुऱ्याउने, जहाँ ती प्रदीप्त र सन्तुलित रहन्छन् ।

-जबसम्म तपाईं आफ्नो तर्कको बन्दी बन्नुहुन्छ, तबसम्म जीवनको चमत्कार तपाईंसामु उजागर हुनेछैन । ध्यानलिंग पूजा गर्नको लागि होइन, यसलाई अनुभव गरिनुपर्छ । यो यस्तो द्वार हो, जसले अस्तित्वको असीम प्रकृतिमा पुऱ्याउँछ ।

-हामीसँग जतिसुकै धन, सम्पत्ति र शिक्षा भए पनि, हाम्रा सन्तानहरूले तबसम्म राम्रो जीवन बाँच्न सक्दैनन्, जबसम्म हामीले माटो र जललाई पहिलेकै स्थितिमा फर्काउँदैनौँ । सचेतन संसार, अबको एकमात्र मार्ग हो ।

-अध्यात्म भनेको माथि वा तल हेर्नु होइन यसको अर्थ हो आफ्नो जीवनलाई सबैभन्दा गहन तरिकाले हेर्नु ।

-यदि तपाईंले आफूलाई भरपूर रूपमा उन्नत गर्नुभयो भने, तपाईंसामु आउने जस्तोसुकै काम तपाईंको निम्ति बच्चाको खेल हुनेछ । -रहस्यविद्या, हरेक मनुष्यको जीवनमा हुने सम्भावना हो । यसको लागि केवल ध्यान, संलग्नता, समर्पण र प्रतिबद्धता जरूरी हुन्छ ।

-खुसी वा दुःख, आराम वा तनाव मानिसको सम्पूर्ण अनुभवहरूको रासायनिक आधार हुन्छ । तपाईंभित्र आनन्दको रसायन कायम राखिरहन साधनहरू छन् ।

-यदि जीवनले तपाईंलाई आफूभन्दा विशाल केही सिर्जना गर्न दियो भने, मनुष्यको रूपमा त्यही तपाईंको निम्ति सबैभन्दा ठूलो सौभाग्य र सन्तुष्टि हो ।

-राम्रोपन, अरूले मानिलिएको स्थिति हो । आनन्द, वास्तविक अनुभव हो ।

-मुसा लडाइँ मुसाहरूका लागि हो । एक मनुष्यको रूपमा, तपाईं पूरै जागरूकतामा, समाजका दबाबहरूबाट परिचालित नभइकन आफूले चाहेको जुनसुकै कुरा सृजना गर्न सक्नुहुन्छ ।

-जब तपाईंलाई जीवनको एकत्व थाहा हुन्छ, जब तपाईंमा अस्तित्वको ‘एकात्म प्रकृति’ बोध हुन्छ, तब तपाईंको हृदयमा प्रेम अनि अनुभवमा चैतन्य हुन्छ ।

-योग भनेको ऊर्जाको अटुट स्रोतसँग जोडिनु हो ।

-तपाईंले जे–जति गर्नुहुन्छ, ती सबैथोक प्रेमपूर्वक गर्नुभयो भने, तपाईंले तनावपूर्ण र दु:खी जीवन बाँच्नुहुने छैन- तपाईं सानदार तरिकाले बाँच्नुहुनेछ ।

-जब तपाईं आफूभित्र निश्चित स्तरको समभाव र आनन्दको स्थितिमा रहनुहुन्छ, तपाईं जहाँसुकै गएपनि, तपाईंको खुसियाली सुनिश्चित हुन्छ ।

-खुसी हावाको झोका जसरी आउँछ र जान्छ । पीडा काँडा जसरी तपाईंमा गडिरहन्छ, जबसम्म तपाईंमा यो बोध हुँदैन कि यी सबैथोक स्वयं तपाईंको रचना हो ।

प्रतिक्रिया