बिहीबार, वैशाख १३, २०८१

ओस्कार अवार्डका कुरा

नेपालखोज २०७९ माघ ७ गते १२:१६

काठमाडाैं । ओस्कार अवार्डको क्रेज विश्वभर नै व्याप्त छ । ओस्कार अवार्डलाई चलचित्र जगतको सबैभन्दा ठूलो अवार्ड मानिन्छ । यो वर्षको ओस्कार अवार्डको घोषणा माघ १० गते मंगलबार (२४ जनवरी) हुने भएको छ । केही दिनअघि ओस्कार अवार्डको सन्दर्भमा एउटा सूची सार्वजनिक भएको थियो, जसमा विश्वभरका फिल्मलाई समावेश गरिएको थियो । एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेजले ३०१ जनाको सूची सार्वजनिक गरेको छ जो यसपटकको ओस्कारका लागि नोमिनेसनमा परेका छन । यसपटकको अवार्ड बितरण समारोह भने फागुन २८ गते आइतबार (मार्च १२) लस एन्जलसमा आयोजना हुनेछ ।

ओस्कार अवार्डका लागि फिल्मको छनोट : हरेक वर्ष ओस्कार अवार्डका लागि नेपाल बाट पनि फिल्म छनोट गरिन्छ तर अहिलेसम्म नेपाली फिल्म अन्तिम पाँचमा पनि पर्न सकेका छैनन् । ओस्कार अवार्डमा हलिउडका अधिकांश फिल्म छनोट भए पनि यो अवार्डमा उत्कृष्ट विदेशी भाषाको फिल्म शिर्षकको विधा समेत छ ।

ओस्कारका लागि यस्ता फिल्म छनोट गरिन्छ, जुन पछिल्लो एक वर्षमा रिलिज भएका हुन् । उत्कृष्ट विदेशी भाषाको फिल्म अङ्ग्रेजीमा हुनुहुँदैन अर्थात् यो कुनै पनि देशको कुनै आधिकारिक भाषामा हुनुपर्छ। यसबाहेक, अंग्रेजी सबटाइटल हुनु आवश्यक छ ।


ओस्कारका लागि लस एन्जलस, न्यूयोर्क, शिकागो, इलिनोइस, मियामी, फ्लोरिडा , एट्लान्टाका साथै जर्जियाका छवटा संयुक्त राज्यका महानगरीय क्षेत्रहरू मध्ये कम्तिमा एउटामा व्यावसायिक सिनेमाघरहरूमा देखाइएको कुनै पनि चलचित्र समाबेस हुन सक्छन् । त्यस्तो फिल्म ४० मिनेट भन्दा लामो हुनुपर्छ । यसबाहेक फिल्म सोही वर्षको जनवरी १ देखि डिसेम्बर ३१ को बीचमा प्रदर्शन भएको हुनुपर्छ । फिल्म कम्तिमा एक हप्तासम्म एउटै हलमा चल्नुपर्ने नियम पनि छ ।

पुरस्कारको रकम कति छ : ओस्कर ट्रफी तामाबाट बनेको हुन्छ र उक्त मूर्तिमा सुनको तह लगाइएको हुन्छ । ओस्करको ट्रफी १३.५ इन्च (३४ सेमी) अग्लो छ भने यसको वजन लगभग ८.५ पाउन्ड (३.८५ किलोग्राम) छ । यो ट्रफीमा योद्धाको मुर्ति छ । यो ट्रफीमा भएको योद्धा फिल्मको रिलमा तरवार बोकेर उभिएको देखिन्छ ।

उत्कृष्ट अभिनेताको ओस्कार पुरस्कार वा सर्वश्रेष्ठ अभिनेत्रीको एकेडेमी पुरस्कार विजेताले आफ्नो अर्को फिल्मका लागि अघिल्लो फिल्मको तुलनामा २० प्रतिशतसम्म शुल्क बढाउन सक्छन । यसका अलावा ओस्कार विजेता कलाकार निर्माता, निर्देशक, निर्माण कम्पनीको उच्च प्राथमिकतामा पर्छन् ।


ओस्कर विजेता कलाकारले पैसाका लागि यो पुरस्कार बेच्न सक्दैनन्। कुनै विजेताले यो ट्रफी बेच्न चाहेमा एकेडेमीलाई मात्र बेच्नुपर्नेछ र त्यसका लागि उनिहरुले मात्र १ डलर प्राप्त गर्छन् ।

प्रतिक्रिया