उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना

नेपालखोज २०७८ पुष २६ गते ६:३७

काठमाडाैं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले कर्णाली, सुदूरपश्चिम, वाग्मती, प्रदेश नं २ र प्रदेश नं १ मा सामान्य बदली रही बाँकी प्रदेशहरुमा आंशिक बदली रहेको छ भने सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहनेछ साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश केहि स्थानहरूमा र बाँकी प्रदेशहरूका एक/दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोछ भने उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

आज राति सुदूरपश्चिम प्रदेश र प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिक बदली रहनेछ भने सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको र उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

प्रतिक्रिया