सीसीएमसीसी बैठकको १३ बुँदे निर्णयअनुसार थप निर्णय गर्न शिक्षा मन्त्रालयको बैठक बस्दै

नेपालखोज २०७८ पुष २६ गते ९:२२

काठमाडौं । कोभिड-१९ को संक्रमण बढेसँगै सरकारले आधारभूत तथा माध्यमिक तहका विद्यालयमा आगामी १५ माघसम्म भौतिक कक्षा बन्दको तयारी थालेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई कोभिडबारे बिफ्रिङको तेस्रो दिन बसेको सीसीएमसीसीको बैठकको १३ बुँदे निर्णयअनुसार थप निर्णय गर्न आज सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बैठक बस्दैछ ।

जनस्वास्वास्थ्यविदहरूको राय अनुसार आइतबार मात्र कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्रले आधारभूत र माध्यमिक तहका विद्यालयमा १५ माघसम्म बिदा दिन तथा विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानका पूर्वनिर्धारित परीक्षा मापदण्ड पालना गरेर मात्र सञ्चालन गर्न सरकारलाई सिफारिस गरेको थियो ।

सीसीएमसीसीकै निर्णयका आधारमा विद्यालय बन्द गर्ने वा थप केही सूचना जारी गर्नेबारे आज विस्तृत छलफल गरेर निर्णय गरिने जनाइएकाे छ ।

प्रतिक्रिया