मंगलबार, वैशाख १८, २०८१

प्रधानमन्त्री कप टी-२० क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदै

नेपालखोज २०७८ पुष २६ गते ९:३२

काठमाडाैं । प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ । प्रतियोगिता अन्तर्गत पहिलो दिन आज चारवटा खेल हुनेछ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश खेल्नेछन् । यस्तै कीर्तिपुरमै हुने दोस्रो खेलमा  सशस्त्र प्रहरीको विभागीय टोली एपीएफ क्लब र प्रदेश नम्बर २ को टोली खेल्नेछन् ।

मूलपानी क्रिकेट मैदानमा हुने पहिलो खेलमा नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेश तथा  दोस्रो खेल वाग्मती प्रदेश र लुम्बिनी प्रदेश खेल्नेछन् । प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ ।

प्रतिक्रिया