शनिबार, वैशाख २२, २०८१

प्रेम गीत ३ डिशहोममा एक्सक्लुसिभ प्रदर्शन हुँदै

नेपालखोज २०८० असार १४ गते १८:२२

काठमाडौं । नेपाल सहित विदेशमा समेत एकै साथ प्रदर्शन भएको सर्वाधिक सफल नेपाली चलचित्र ‘प्रेम गीत ३’ डिशहोममा एक्सक्लुसिभ प्रर्दशन हुने भएको छ । विभिन्न कारणवस हल सम्म गएर यो चलचित्र हेर्न छुटाउनुभएका दर्शकहरुले अव डिशहोमको सिनेमाघरमा सपरिवार एकै साथ हेर्न सकिने छ ।

‘प्रेम गीत ३’ यहि असार १५ गते सिनेमाघर च्यानल नं. १०८ मा प्रदर्शन हुँदैछ । सिनेमाघरमा दैनिक ८ शो विहान १, ४, ७, १०, दिउँसो १, ४, साँझ ७ र राती १० वजे प्रदर्शन हुनेछ । यस्तै डिशहोमको एक्सभिओडीमा पनि यो चलचित्र उपलव्ध हुनेछ । एक्सभिओडी एक्सभिओडीमा यो चलचित्र उपलव्ध भए पछि आफुले चाहेको समयमा खरिद गरेर हेर्न सकिने छ ।

एक्सभिओडी डिशहोमको सेटटप वक्समा उपलव्ध रहेकाफिचर हो । यो चलाउनको लागि भने ग्राहकले आफ्नो सेटटप वक्समा वाईफाई डोङगल वा ल्यान केवल जोडेर इन्टरनेट जोड्नुपर्नेहुन्छ ।

डिशहोममा उपलब्ध यो सेवाले नेपाली चलचित्रहरु सपरिवार तथा आफुले चाहेको समयमा हेर्न सकिने भएको कारणनेपाली चलचित्र प्रति दर्शकहरुको चासो र माया बढ्नुका साथै नेपाली चलचित्रको विकासमा समेत टेवा पुग्नेमा कम्पनीले विश्वास लिएको छ ।

प्रतिक्रिया