सुनचाँदीकै भाउ घट्यो, आजको मूल्य कति ?
नेपालखोज
२०७८ पुष २६ गते ११:३१

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीकै भाउ घटेको छ । सुन प्रतितोला तीन सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो आइतबार भने ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुनको भाउ पनि तीन सय रुपैयाँले नै घट्दै आज ९० हजार आठ सयमा कारोबार भइरहेको छ । हिजो (आइतबार) भने तेजाबी सुन ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य ५ रुपैयाँले घट्दै १२ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो भने चाँदी प्रतितोला १२ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित
प्रतिक्रिया