देउवा सरकार ‘भारतीय दलाल’ हो : विप्लव

काठमाडौं । नेपाली भूमि लिपुलेक–कालापानी क्षेत्रमा भारतले संरचना निर्माण कार्य जारी राखेको भन्दै नेपाल कम्युनिष्ट पार्टीले आपत्ति जनाएको छ । आज नेत्र विक्रम चन्द विप्लव नेतृत्वको पार्टीले चीनको मानसरोवर जोड्ने सडक बनाइरहेको भन्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भनाइप्रति आपत्ति जनाएको हो ।
पार्टीले वक्तव्य निकालेर नेपाली कांग्रेसको नेतृत्वमा बनेको सरकार भारतीय रबैयाप्रति चुप लागेर बस्नु उचित नहुने बताएको छ । वक्तव्यमा भनिएको छ, ‘भारत सरकारका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका भू–भाग लिम्पियाधुरा, कालापानी, लिपुलेकबाट आफ्ना सैनिक फिर्ता लैजानुको सट्टा चीनको मानसरोवर जोड्न बलजफ्ती बनाइएको बाटो चौडा र विस्तार गर्ने घोषणाले हाम्रो पार्टीको ध्यानाकर्षण गरेको छ ।’
भारतको साम्राज्यवादी नीतिप्रति सरकारको कुनैपनि धारणा नआउनु देश र जनताका लागि सर्मनाक विषय भएको उल्लेख छ । वक्तव्यमा भनिएको छ, ‘नेपाली कांग्रेसको नेतृत्वमा बनेको नेपाल सरकार भारतीय रबैयाप्रति चुप लागेर बस्नु, नेपालका लागि भारतको दलाली गर्नु देश र जनताका लागि सर्मनाक विषय हो ।’
आइतबार मात्रै सत्तारुढ दल राष्ट्रिय जनमोर्चाले भारतले बताएको संरचना तत्काल रोकोस् भनेर विज्ञप्ति निकालेको थियो ।


प्रतिक्रिया