आवश्यक स्वास्थ सतर्कतासहित वित्तीय कारोबार सञ्चालन गर्न राष्ट्र बैकको निर्देशन

काठमाडाैं । नेपाल राष्ट्र बैकले आवश्यक स्वास्थ सर्तकतासहित वित्तीय कारोबार सञ्चालन गर्न निर्देशन दिएको छ । सोमबार सञ्चालनमा रहेका वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्त वित्तीय संस्थासमेतको नाउँमा सार्वजनिक सूचना जारी गर्दे कोभिड-१९ को विश्व महामहारीबाट बचेर आवस्यक स्वास्थ सर्तकर्तासहित वित्तीय कारोबार सञ्चाल गर्न निर्देशन दिएको हो ।
यस अन्तर्गत नेपाल सरकार तथा विश्व स्वास्थ संगठनको स्वास्थ सुरक्षा सम्वन्धी मापदण्डको पालना गरी सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्क रहने जनशक्ति तथा सेवाग्राहीमा संक्रमणको जोखिमलाई न्युनीकरण गर्न आवस्यक उपायहरु अवलम्वन गर्न निर्देशन दिएको छ । यसैगरी सेवाग्राहीको भिडभाड नहुने तथा भौतिक दूरी कायम हुने व्यवस्था मिलाई सेवा प्रवाह गर्न पनि राष्ट्र बैकले निर्देशन दिएको छ ।
बैंक तथा वित्तीय संस्थाद्वारा सञ्चालित एटिएम बुथहरुबाट हुन सक्ने संक्रमण जोखिम न्युनीकरण गर्न ढोका खुल्ला राखी स्यानीटाईजर लगायतका सामाग्रीहरुको व्यवस्था गर्ने पनि राष्ट्र बैकले निर्देशन दिएको छ ।
यसैगरी बैंक तथा बित्तीय संस्थारुबाट सञ्चालन गरिने बैठक, गोष्ठी, सेमिनार, तालिम जस्ता कार्यव्रmमहरुमा भौत्तिक दुरी सुनिश्चित गर्ने वा यस्ता कार्यक्रमहरु सकभर भर्चुअल माध्यमबाट गर्ने व्यवस्था मिलाउन पनि राष्ट्र बैकले निर्देशन दिएको छ ।

प्रतिक्रिया