आइतबार, जेठ ६, २०८१

नेप्सेको उच्च वृद्धिदर कायमै, १९ अंकले बढ्दा ७ अर्ब १२ करोडको कारोबार

नेपालखोज २०७८ पुष २६ गते १५:४५

काठमाडौं । नेप्सेको उच्च बृद्धिदरले साताको दोस्रो कारोबार दिन सोमबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन ७३ अंकले बढेको नेप्से आज सोमबार पनि १९ दशमलव ४३ अंकले बढेर २७ सय ८४ दशमलव ९५ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव १६ अंकले बढेर पाँच सय २२ दशमलव ५३ अंकमा पुगेको छ ।

दुई सय ३६ वटा कम्पनीहरुको ७७ हजार एक सय ८३ पटकको कारोबारमा एक करोड ४२ लाख ८८ हजार एक सय ३० कित्ता सेयर खरिद बिक्री भएकामा कुल कारोबार रकम सात अर्ब अर्ब १२ करोड ३४ लाख २४ हजार ३५ रुपैयाँ पुगेको छ । नेप्सेमा आज १३ वटा समूहको कारोबार भएकोमा तीनवटा समूहको सूचक घटेर बाँकी १० वटा समूहहरुको सूचक बढेका छन् ।

तिमध्ये वाणिज्य बैंक समूहको सूचक १५ दशमलव २८ अंकले घटेर १८ सय ५२ दशमलव तीन अंकमा झरेकोमाा होटेल तथा पयर्टन र उत्पादनमुलक समूहहरुको सूचक पनि घटेका छन् । विकास बैंक समूहको सूचक भने ३७ दशमलव ५८ अंकले बढेर चार हजार नौ सय ७८ दशमलव ९० अंकमा चढेकोमा निर्जीवन बिमा समूहको सूचक पनि एक सय ९० दशमलव ६५ अंकले बढेर १२ हजार सात सय आठ दशमलव १० अंकमा चढेको छ ।

यसैगरी जीवन बिमा समूहको सूचक पनि दुई सय १८ दशमलव दुई अंकले बढेर १५ हजार तीन सय ८० दशमलव ४४ अंकमा चढेकोमा जलविद्युत, फाइनान्स ट्रेडिङ, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरुको सूचक पनि बढेका छन् ।

नेप्सेमा आज मध्यभोटेकोशी जलविद्युत कम्पनीको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर दुई सय ८५ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा प्रभु सेलेक्ट फन्डको प्रतियुनिट सेयर मूल्य तीन दशमलव १७ प्रतिशतले घटेर नौ रुपैयाँ १७ पैसामा प्रतियुनिट सेयर कारोबार भएको छ ।

यसैगरी आज गोर्खाज फाइनान्सको प्र्रतिकित्ता आठ सय २९ रुपैयाँ अन्तिम मूल्यमा २२ करोड ७७ लाख ४० हजार नौ सय १७ रुपैयाँ ६० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोवार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया