सभा, सम्मेलन स्थगित गर्न अध्यक्ष नेपालकाे निर्देशन
नेपालखोज
२०७८ पुष २६ गते २१:५०

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले ठुला सभा, सम्मेलन स्थगित गर्न निर्देशन दिएको छ । सोमबार पार्टी अध्यक्ष माधव कुमार नेपाल एक विज्ञप्ति जारी गर्दै धेरै मानिसहरु सहभागी हुने सभा सम्मेलन स्थगित गर्न निर्देशन दिएका हुन् । उनले आन्तरिक बैठक तथा प्रशिक्षण कार्यक्रममा पनि सकेसम्म वैकल्पिक माध्यम अपनाउन आग्रह गरेका छन् ।
सम्बन्धित

प्रतिक्रिया