उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, ३ वटा प्रदेशमा वर्षाकाे सम्भावना
नेपालखोज
२०७८ पुष २७ गते ६:२९

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अहिले प्रदेश नं १ र प्रदेश नं २ लगायत पहाडी भू-भागहरुमा सामान्य बदली रहेको छ र बाँकी स्थानहरुमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो देशभर आंशिक बदली रहनेछ भने सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा प्रदेश १ का एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
आज राति देशभर आंशिक बदली रहनेछ भने प्रदेश नं १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया